You are viewing the translated version of सार्वजनिक-निजी साझेदारी एकाइ सम्बन्धी व्यवस्था.

Rule 11
सार्वजनिक-निजी साझेदारी एकाइ सम्बन्धी व्यवस्था
(१) सार्वजनिक-निजी साझेदारी एकाइको सङ्गठनात्मक ढाँचा बोर्डको सिफारिसमा नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।
(२) सार्वजनिक-निजी साझेदारी एकाइमा प्राविधिक, प्रशासन, न्याय (कानून) लगायत अन्य सेवाका आवश्यक कर्मचारी रहन सक्नेछन्‌ ।
(३) सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुने परियोजनाका सन्दर्भमा बोर्डले देहायका कार्य समेत सम्पादन गर्ने गरी सार्वजनिक-निजी साझेदारी एकाइलाई तोक्न सक्नेछः त
(क) परियोजनाको पहिचान तथा अध्ययन गर्ने,
(ख) परियोजनाको प्राविधिक तथा वित्तीय प्रारुप तर्जुमा गरी परियोजना तयारीको कार्य गर्ने,
(ग) परियोजनाको सम्झौताको मस्यौदा तयार गर्ने,
(घ) परियोजनाको खरिदमा प्रतिस्पर्धा बढाउन र नव प्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक कार्य गर्ने,
(ङ) परियोजना कार्यान्वयनमा बहन गर्नु पर्ने जोखिम र जवाफदेहिताका आधार तयार गरी सिफारिस गर्ने,
(च) परियोजना कार्यान्वयनमा वित्तीय र प्राविधिक गुणस्तर सम्बन्धी अनुशासन कायम गर्न आवश्यक कार्य गर्ने,
(छ) सार्वजनिक निकायलाई परियोजनाको खरिद, निर्माण, सञ्चालन र अन्य विषयमा सहजीकरण गर्ने,
(ज) परियोजनाको लागि सेवा प्रवाह एकाइको रूपमा कार्य गर्ने,
(झ) परियोजनासँग सम्बन्धित क्षेत्रगत निकायहरूसँग सम्पर्क एकाइको रूपमा कार्य गर्ने,
(ज) सम्भाव्यता न्यून परिपूरक कोष परिचालनको लागि आवश्यक समन्वय गर्ने,
(ट) सार्वजनिक-निजी साझेदारी सम्बन्धमा राय, सुझाव दिने।